ऋषभ पन्त

ऋषभको स्वास्थ्यअवस्थामा सुधार

काठमाडौँ । भारतीय क्रिकेटर ऋषभ पन्तको  स्वास्थ्यअवस्थामा सुधार आएपछि उनलाई आइसियूबाट वार्डमा सारिएको छ ।

कार दुर्घटनामा परेका विकेटकिपर तथा ब्याटर ऋषभलाई आइसियूमा राखिएको थियो । शुक्रबार बिहान आफ्नो गृहनगर उत्तराखण्डको रुर्कीबाट दिल्ली फर्किँदै गर्दा ऋषभको कार दुर्घटनामा पारेको थियो ।

 उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामी लगायतले अस्पताल पुगेर ऋषभलाई भेटका थिए । गाडी चलाइरहेको बेलमा फोनमा कुराकरी गर्दा नियन्त्रण गुमाएर कार दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनमा पारेर ऋषभको निधार,ढाड र खुट्टामा चोट लागेको थियो । उनलाई उपचारका लागि देहरादुनको म्याक्स अस्पतालमा राकिएको छ ।