काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप

बंगलादेश च्याम्पियन

ढाका।  काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा घरेलु टोली बंगलादेश च्याम्पियन बनेको छ ।

सोमबार भएको फाइनल खेलमा किर्गिस्तानमाथि ३–२ को सेटमा जित निकाल्दै बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो । 
ढाकास्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा निकै नै रोमाञ्चक बनेको फाइनलको पहिलो सेट बंगलादेशले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

त्यसपछिको दुई सेट २५ –१५ र २५–२२ ले गुमाएको बंगलादेशले चौथो सेट २५–१९ ले जित्दै खेललाई पाँचौ तथा अन्तिम सेटसम्म लम्बाएको थियो । पाँचौ सेटमा १८–१६ को प्रतिस्पर्धात्मक जित निकाल्दै बंगलादेश च्याम्पियन बन्न सफल भयो ।

सोमबार नै नेपाललाई ३–२ को सेटमा हराएर श्रीलंकाले तेस्रो स्थान हासिल गरेको छ । श्रीलंकाले नेपालमाथि २२–२५, २५–२५, २५–१९ र १५–१० को सेटको जित निकालेको थियो ।