आश्विन २, २०८२ शुक्रबार | ०२:०५:४८
बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने

नेपाल तेक्वान्दो संघले दायर गरेको रिटमा देखाउ आदेश

काठमाडौं।  नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको आफ्नो दर्ता खारेजीविरुद्ध दायर गरेको रिटमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ ।  

तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले युवा तथा खेलकुद मन्त्रालय,राखेपसहित पाँच संस्थालाई विपक्षी बनाएर शुक्रबार दायर गरेको रिटमा सोमबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

अध्यक्ष राणाले अन्तरिम आदेशको माग गरे पनि प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गर्दै अन्तरिम आदेशका लागि पक्ष र विपक्ष दुवैलाई छलफलमा बोलाएको छ ।

 पुस ५ गते राखेपले विवादित भनिएका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरी नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो । नेपाल तेक्वान्दो संघले तत्कालै राखेपको निर्णयको विरोध गरेको थियो ।

राखेपले नेपाल उसु महासंघ र शारीरिक सुगठन संघको कार्यसमिति पनि विघटन गरी पुनर्गठन गरेको थियो । मंसिर २४ गते निवर्तमान खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णय भन्दै तेक्वान्दोसहित तीनवटा खेल संघको दर्ता खारेजी र पुनर्गठनको निर्णय गरेका थिए ।

अदालतको आदेश आउनुअघि सोमबार पत्रकार सम्मेलन गर्दै दर्ता खारेजीमा परेको नेपाल तेक्वान्दो संघले  राखेपले आफ्नो क्षेत्राधिकारबाट बाहिर गएर खेल संघमाथि हस्तक्षेप गरेकोमा सबै खेलकर्मीले विरोध गर्नुपर्ने बताएको थियो ।


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL