आश्विन १, २०८२ बिहीबार | २१:४१:२३
साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत

युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध युनिटी कप ट्वान्टी-२० शृंखलाका लागि युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टोलीको बिदाइ गरेको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यान उपाध्यक्ष रोशन सिंह सचिव पारस खड्कालगायतको उपस्थिति थियो ।

कप्तान रोहित पौडेलले पनि यो ऐतिहासिक सिरिज खेल्न उत्साहित रहेको बताउँदै सिरिजमा राम्रो प्रदर्शन गर्ने र विश्वकपमा छनोट पनि भएर फर्कने प्रतिबद्धता व्यक्त गरे ।

त्यसअघि जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन पनि गरिएको थियो ।

नेपाल र वेस्ट इन्डिज पहिलो पटक ट्वान्टी-२० शृंखलामा प्रतिस्पर्धा गर्दैछन् ।

शृंखला सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट मैदानमा हुनेछ। नेपालले यो शृंखलालाई आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीका रूपमा लिएको ।

शृंखलाका खेल सेप्टेम्बर २७, २९ र ३० मा हुनेछ ।

शृंखलामा नेपाल रोहितकुमार पौडेल र वेस्ट इन्डिज अकिल हुसेनको कप्तानीमा मैदान उत्रिनेछन् । 

वेस्ट इन्डिज टोली

अकिल होसेन (कप्तान),फाबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नवीन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिम गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशन मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, लोकेस बम, दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल मल्ल, आसिफ सेख (विकेटकिपर), आदील आलम, सोमपाल कामी,करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन कुमारझा, साहब आलम


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL