आश्विन १, २०८२ बिहीबार | १६:१६:१०
नेपालको फिफा वरियता यथावत पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल नेपालको फिफा वरियता यथावत पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल

एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसिसी एसिया कप ट्वान्टी-२० एसिया कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा बिहीबार श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन् । 

समूह ‘बी’ अन्तर्गतको खेल अबुधाबीस्थित जायद क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।

यो समूहमा अघिल्लो दुवै खेल जितेको श्रीलंका चार अंकका साथ शीर्ष स्थानमा छ । यस्तै अफगानिस्तान समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ ।

आजको खेलमा विजयी भए श्रीलंका अपराजित रहँदै समूह विजेताको रुपमा सुपर फोरमा पुग्नेछ । श्रीलंका विजयी हुँदा बंगलादेश पनि चार अंकका साथ सुपर फोरमा पुग्नेछ ।

अन्तिम खेलमा अफगानिस्तान विजयी भएमा भने श्रीलंका, बंगलादेश र अफगानिस्तानको समान चार अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहने दुई टोली सुपर ४ मा पुग्नेछन् । हाल श्रीलंकाको नेटरनरेट प्लस १.५४६, बंगलादेशको माइनस ०.२७० र अफगानिस्तानको प्लस २.१५० छ ।

चरिथ अस्लंकाको कप्तानीमा रहेको श्रीलंकालाई पाथुम निसन्का, वानिन्दु हसरंगा, कुशल परेरास्ता खेलाडीको साथ रहनेछ ।

श्रीलंकाले यसअघि बंगलादेशलाई सात र हङकङलाई चार विकेटले पराजित गरेको थियो ।

यता राशिद खानको कप्तानीमा रहेको अफगानिस्तान रहमानुल्लाह गुर्बाज, अज्मतुल्लाह ओमरजाई, नुर अहमदजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

यसअघि हङकङलाई ९५ रनले हराएको अफगानिस्ताले बंगलादेशसँग आठ रनको हार बेहोरेको थियो । 

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा श्रीलंका र अफगानिस्तानबीच आठ खेल भएका छन् । जसमा श्रीलंकाले पाँच र अफगानिस्तानले तीन खेल आफ्नो पक्षमा पारेका छन् ।  


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA