आश्विन १, २०८२ बिहीबार | १६:४०:४४
नेपालको फिफा वरियता यथावत पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल नेपालको फिफा वरियता यथावत पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल

पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक

काठमाडौं । बुधबार च्याम्पियन्स लिगमा ६ खेल भए । अन्तिम मिनेटमा कप्तान भान डाइकको गोलमा लिभरपुलले एट्लेटिको मड्रिडविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गर्दा बार्यन म्युनिखले चेल्सीको चुनौती पन्छाायो । त्यस्तै गत सिजनका दुई ‘फाइनलिस्ट’ टोली पेरिस सेन्ट जर्मन (पिएसजी) र इन्टर मिलानले आ-आफ्नो खेलमा विजयी हासिल गर्यो ।

समग्रमा यस्तो रह्यो च्याम्पियन्स लिग पहिलो चरणको दोस्रो दिनः

उपाधि रक्षा अभियानमा रहेको पिएसजीको सानदार सुरुआत

पिएसजीले ले इटालियन क्लब एट्लान्टालाई ४-० ले हरायो । पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन कप्तान मार्किन्होस, ख्विचा भारास्केलिया, नुनो मेन्डेज र गोन्सालो रामोसले गोल गरे ।

खेलको तेस्रोे मिनेटमै मार्किन्होसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ३९औं मिनेटमा क्वारात्स्खेलियाले टोलीको अग्रता दोब्बर बनाए ।

मेन्डेजले ५१औं मिनेटमा गोल गर्दा पिएसजीको अग्रता ३-० मा पुग्यो । इन्जुरी समयमा रामोसले गोल गर्दै पिएसजीलाई एकतर्फी जित दिलाए ।

आयाक्सको पोस्टमा थुरामको दुई गोल

मुख्य प्रशिक्षक क्रिस्टियन चिभुले जितका साथ च्याम्पियन्स लिगको यात्रा सुरु गरेको छन् । हाकान चालानोलुको असिस्टमा थुरामले दुई गोल गरे । दुबै गोल हेडरबाट सम्भव भएका हुन् । गत सिजन फाइनलमा पाँच गोल खाएका गोलकिपर यान सोमरले यसपाली पहिलो खेलमा ‘क्लिन सीट’ राख्न सफल भएका छन् । सोमरले विंगर मिका गोड्ट्सको ‘वान भर्सेस वान’ प्रयासलाई विफल पारेका थिए ।

लण्डन राइभलविरुद्ध केन चम्किए

जर्मन महारथी बार्यन म्युनिखले चेल्सीलाई ३–१ ले हराउँदा दुई गोल स्ट्राइकर ह्यारी केनले गरे । सेन्टरब्याक ट्रेबो चालोबाको आत्मघाती गोलमा बार्यनले २०औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । ९ मिनेटपछि अट्याकिङ मिडफिल्डर कोल पाल्मरले चेल्सीलाई बराबरीमा ल्याए । त्यसपछि टोटेनहम हटस्पर्शका पूर्व कप्तान केनले दुई गोल गर्दै बार्यनको जित सुनिश्चित गरेका थिए ।

इन्जुरी समयमा भान डाइकको त्यो हेडर

लिभरपुलले चार दिनअघि मात्र इङ्लिस प्रिमियर लिग (इपिएल)मा बर्नलीमाथि १-० को कठिन जित हासिल गरेको थियो । उक्त खेलमा विंगर मोहम्मद सलाहले थप गरिएको इन्जुरी समयमा पेनाल्टी सदुपयोग गर्दै लिभरपुललाई जित दिलाएका थिए ।

गएराति पनि लिभरपुलले इन्जुरी समयमा तीन अंक हासिल गर्यो । यसपाली अवसर थियो, च्याम्पियन्स लिग । खेलको छैटौं मिनेटमै लिभरपुलले उप-कप्तान एन्डी रोबर्टसन र सलाहको गोलमा २–० को अग्रता लिएको थियो । त्यसपछि राइटब्याक मार्कस योरेन्टेले पहिलो हाफको इन्जुरी समयमा एक गोल फर्काए । निर्धारित समयको अन्तिम ९ मिनेट बाँकी छँदा योरेन्टेले नै एट्लेटिकोलाई बराबरीमा ल्याए । तर, इन्जुरी समयमा भान डाइकले मिडफिल्डर डोमिनिक सोबोस्लाईको कर्नर क्रसलाई सदुपयोग गर्दै सुन्दर हेडर गोल गरे ।

अन्य नतिजाहरु
साल्भिया प्रा २–२ बोडो/ग्लिम्ट
ओलम्पियाकस २–२ पाफोस

 

 


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA