काठमाडौं । मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शनप्ररित इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ ।
बुधबार जोहान क्रुइफ एरिनामा पाहुना टोली इन्टरले नेदरल्यान्ड्सको आयाक्सविरुद्ध २-० को जित दर्ता गर्यो । इन्टरलाई जित दिलाउन दुवै गोल थुर्रमले गरे ।
खेलको ४२औं मिनेटमा थुर्रमको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । उनले हाकान काल्हानोग्लुको पासलाई पोस्टको दिशा दिए ।
दोस्रो हाफको सुरुआतमै थुर्रमले व्यक्तिगत तथा टोलीका लागि तेस्रो गोल गरे । यसपटक पनि काल्हानोग्लुले नै गोलको अवसर सिर्जना गरेका थिए ।
बुधबारै सम्पन्न अन्य खेलमा पिएसजीले एट्लान्टालाई ४-०, लिभरपुलले एट्लेटिको मड्रिडलाई ३-२, बायर्न म्युनिखले चेल्सीलाई ३-१ को जित निकाले । यसैगरी ओलम्पियाकोस र पाकोस एफसीले गोलरहित तथा स्लाभिया प्रागले बोडोई/ग्लिम्प्टसँग २-२ को बराबरी खेले ।