काठमाडौं । इङ्लिस क्लब लिभरपुलले युएइएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा बुधबार स्पेनको एट्लेटिको मड्रिडविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।
एनफिल्डमा घरेलु टोली लिभरपुलाई जित दिलाउन एण्डी रोबर्टसन, मोहम्मद सलाह र कप्तान भर्गिल भान डाइकले गोल गरे । एट्लेटिकोका लागि दुवै गो मार्कस लोरेन्टले फर्काए ।
खेलको चौथो मिनेटमा रोबर्टसनको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । दुई मिनेटपछि नै सलाहले टोलीको अग्रता दोब्बर बनाए ।
लोरेन्टसले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ८१औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोेस्रो गोल गर्दै एट्लेटिकोलाई २-२ को बराबरीमा ल्याए ।
इन्जुरी समयमा भान डाइकले गोल गर्दै लिभरपुललाई स्पष्ट तीन अंक दिलाए ।
भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA