आश्विन २, २०८२ शुक्रबार | ०८:१५:०५
च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित

साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह

तस्विर सौजन्यः साफ ।

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा बिहीबार नेपालले बंगलादेशसँग ४-० को नमिठो हार बेहोर्यो ।

कोलम्बोस्थित ‘कोलम्बो स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न समूह ‘ए’को आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशको अगाडि निरीह देखियो । खेल अवधिभर नेपालले कुनै पनि गतिला आक्रमण बुन्न सकेन । खेलमा बंगलादेशले पूर्ण रुपमा प्रभुत्व जमायो ।

हारसँगै नेपालको शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने सपनामा धक्का पुग्यो नै, अन्तिम चारमा स्थान बनाउन नेपालले समूहको अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । आइतबार नेपालसँग २-० ले पराजित श्रीलंकाले बंगलादेशसँग खेल्ने तालिका छ ।

बंगलादेशले खेलको ३०औं मिनेटमा राइटब्याक मोहम्मद साबीर इस्लामको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । साबीरले कप्तान नाजमुल हुदा फेसलको कर्नर क्रसलाई सदुपयोग गरेका हुन् । फेसलको कर्नर क्रसलाई पन्च गर्दै ‘क्लियर’ गर्ने सोचसहित नेपालका गोलकिपर राम बोहरा अगाडि बढेका थिए । तर, त्यसमा उनी सफल भएनन् । जसको फाइदा साबीरले लिएका हुन् । यसअघि मिडफिल्डर मोहम्मद ओपु रहमानको प्रहार रामले बचाउँदा बंगलादेशले.‘सेटपीस’ अवसर प्राप्त गरेको थियो ।

दोस्रो हाफमा चार मिनेट बित्न नपाउँदै नाजमुलको पासमा फरवार्ड मोहम्मद ओपु रहमानले अग्रतालाई दोब्बर बनाए । एक मिनेटपछि मिडफिल्डर मोहम्मद आरिफले २२ यार्ड परबाट गोलकिपर रामलाई बिट गरे । आरिफले दोस्रो बारमा गरेको लोअर प्रहारलाई रामले बचाउन सकेनन् । यसपाली पनि ‘असिस्ट’ कप्तान नाजमुलको नाममा रह्यो ।

खेलको ६६औं मिनेटमा फरवार्ड मोहम्मद मनिकले गोल गरेपछि बंगलादेश ४-० ले अगाडि बढ्यो । त्यसपछि पनि नेपालमाथि दबाब बनाइरहेको बंगलादेशले गोल भने गर्न सकेन ।

खेलमा मुख्य प्रशिक्षक सञ्जित सिंहले फरवार्ड निसकुमार श्रेष्ठ र मिडफिल्डर सुशन थापामगरलाई आराम दिएका थिए । श्रीलंकाविरुद्ध यी दुई पहिलो रोजाईमा खेलेका थिए । सहायक प्रशिक्षक देवकुमार मादेनका अनुसार स्वास्थ्य अवस्था खराब रहेका कारण खेलाडीलाई आराम दिइएको हो ।

खेलपछि मादेनले आफ्ना प्रमुख खेलाडीको अनुपस्थितिले खेलमा असर परेको तर्क गरे । उनले भने, ‘आज हाम्रो मिडफिल्ड चल्न सकेन । पहिलो रोजाईका खेलाडी चल्न नसक्दा हामीले नयाँ खेलाडीलाई प्रयोग गर्यौँ । तर, उनीहरु पनि चल्न सकेनन् । प्रमुख खेलाडी रिजर्भमा राख्नुपर्दा त्यसले प्रत्यक्ष असर गर्यो ।’

नेपालको शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने चुनौती सकिसकेको छ । यसको मतलब अन्तिम चारको समीकरणमा अटाउँदो हो भने नेपालले समूह ‘बी’को विजेतासँग खेल्नेछ । उक्त खेलका लागि नेपालसँग ६ दिनको प्रशिक्षण समय हुनेछ । यो समयलाई भरपूर सदुपयोग गर्ने मादेनले बताए ।

‘आजको खेलमा भएका कमि–कमजोरीका हामी सेमिफाइनलका लागि सुर्धाछौंँ । बंगलादेश श्रीलंकाभन्दा एकदमै राम्रो टोली हो । त्यसैले अन्तिम चारको स्थान लगभग हाम्रै हो,’ मादेनले भने ।

 


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL