भिएनएल

भिएनएलः नेदरल्यान्ड्सलाई हराउँदै टर्की तालिकाको छैटाैं स्थानमा उक्लियो

ओट्वा । नेदरल्यान्ड्सलाई ३–० को सोझो सेटमा हराउँदै टर्की भलिबल नेसन्स लिग (भिएनएल) २०२२ तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

क्यानडाको कालगेरीमा सम्पन्न महिलातर्फ पुल–३ को खेलमा टर्कीले नेदरल्यान्ड्सममााथि २५–२३, २५–११, २५–२१ को सोझो सेटमा जित निकाल्यो । प्रतियोगितामा १० खेल खेलेको टर्कीले ६ मा जित निकाल्दा चार खेलमा पराजित भएको छ । जितसँगै १९ अंक जोडेको टर्की छैटौं स्थानमा उक्लिएको छ ।

यस्तै, समान खेल खेलेको नेदरल्यान्ड्स दुई जित र आठ खेलमा हारसहित आठ अंकका साथ १५औं स्थानमा छ ।

शुक्रबारै सम्पन्न अर्काे खेलमा जर्मनीले बेल्जियममाथि २०–२५, २५–१८, २५–२२, २५–२० को सेटमा जित निकाल्यो । प्रतियोगितामा तेस्रो जित निकालेको जर्मनी ११ अंकका साथ १२औं स्थानमा छ । बेल्जियम ६ अंकका साथ १४औं स्थानमा छ ।

पुल–३ कै अर्को खेलमा साविक विजेता अमेरिकाले सर्बियालाई २५–१७, ३३–३१, २५–१६ को सोझो सेटमा हरायो । प्रतियोगितामा १० खेलमध्ये ९ मा जित र एक खेलमा हारको नतिजासहित २७ अंक जोडेको अमेरिका तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

सर्बिया ६ जित र चार हारसहित १७ अंकका साथ सातौं स्थानमा छ ।