मंसिर १९, २०८२ शुक्रबार | ०२:०३:४६
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट
शनिबारको दिन ढोरपाटन महिला भलिबल डबल लिग

खेलाडीलाई ‘मिस’ भइरहेछ ढोरपाटन लिग

नेपालको राष्ट्रिय खेल भलिबलमा प्रतियोगिताको कमी हुँदैन । देशैभर भलिबलका प्रतियोगिता भइरहन्छन् । तर, सबै नकआउट प्रतियोगिता । खेलाडीले त्यसमा छोटो समय र सीमित मात्रै खेल्ने मौका पाउँछन् । नेपाली महिला भलिबलको ठूलो आवश्यकता हो भलिबल लिग । जुनसुकै खेलको विकास वा खेलाडी उत्पादनमा लिग आयोजना गर्नुको महत्त्वपूर्ण भूमिका हुन्छ ।

सन् २०१९ मा चीनबाट सुरु भएको कोभिड-१९ को महामारीले विश्वभर खेलकुदमा नराम्रो असर पर्यो । जसबाट नेपाल पनि अछुतो रहने कुरै भएन । कोभिड महामारीले नराम्ररी दुई वर्ष नेपाली खेलकुद थलियो । त्यसबाट विस्तारै माथि उठ्ने प्रयास गरिरहेको छ, नेपाली खेलजगत ।

तुलनात्मक रूपमा लिग लामो समयसम्म चल्ने भएकाले खेलाडीको प्रदर्शन मापन गर्न र स्तरोन्नतिका लागि पनि लिगको महत्त्वपूर्ण भूमिका हुन्छ । र, त्यसको आवश्यकता केही हदसम्म ढोरपाटन महिला भलिबल डबल लिगले पूरा गर्दै आएको थियो ।

सन् २०१९ मा चीनबाट सुरु भएको कोभिड-१९ को महामारीले विश्वभर खेलकुदमा नराम्रो असर पर्यो । जसबाट नेपाल पनि अछुतो रहने कुरै भएन । कोभिड महामारीले नराम्ररी दुई वर्ष नेपाली खेलकुद थलियो । त्यसबाट विस्तारै माथि उठ्ने प्रयास गरिरहेको छ, नेपाली खेलजगत ।

तर, ढोरपाटन महिला भलिबल डबल लिग भने अझै उठ्न सकेको छैन । ढोरपाटन स्पोर्ट्स क्लबले करिब दुई दशकदेखि निरन्तर महिला भलिबल लिग आयोजना गरिरहेको थियो । घरेलु महिला भलिबल प्रतियोगितामा ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता एक चर्चित नाम हो ।

ढोरपाटन भलिबल क्लबका अध्यक्ष मनवीर छन्त्याल कोभिड-१९ को कारण प्रतियोगिता गर्न असमर्थ रहेको बताउँछन् । ‘हामीले पुस, माघमा गराउने सोचेका थियौं । तर, कोभिड-१९ महामारीका कारण गर्न सकेनौं । देशभर लकडाउनको कारण आर्थिक समस्या पनि परेको थियो,’ उनले भने, ‘सबै जनाले गर्नुपर्छ भनेका छन् । अहिले चुनावमा व्यस्त छु । त्यही भएर गर्न सकेको छैन । चुनावपछि हेरौं, सकियो भने गर्ने सोचमा छौं ।’

२०६३ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको यो लिग भलिबल खेलाडीको प्रतिभा र उत्साह प्रस्फुटन गराउने बलियो माध्यम बनेको थियो । खेलाडीलाई उचित मञ्च प्रदान गर्ने सँगै नयाँ खेलाडी उत्पादनमा यो लिगको भूमिका महत्त्वपूर्ण थियो ।

राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान विनिता बुढाथोकी ढोरपाटन लिगले नयाँ खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँछिन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी कप्तान विनितालाई यो लिगको कमी अहिले पनि महसुस भइरहेको छ ।

ढोरपाटन महिला लिग वर्षमा एकचोटि हुनेमा विश्वस्त रहँदै सबै खेलाडी र टिमले यसको तयारी गर्थे । विशेष गरी नयाँ खेलाडी आफ्नो प्रतिभा प्रदर्शन गर्न यसै लिगको पर्खाइमा हुन्थे ।

राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान विनिता बुढाथोकी ढोरपाटन लिगले नयाँ खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँछिन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी कप्तान विनितालाई यो लिगको कमी अहिले पनि महसुस भइरहेको छ ।

‘हरेक वर्ष ढोरपाटन लिग हुँदा माहोल नै अर्कै हुन्थ्यो । ढोरपाटन लिगकै लागि भनेर सबैले तयारी सुरु गर्थे, अहिले त्यो प्रतियोगिता नहुँदा अन्योल छ । निश्चित भनेको त्यही एउटा लिगमात्रै थियो,’ खेलाडीसँग विनिताले भनिन्, ‘विगतमा यो प्रतियोगिताले खेलाडी उत्पादन गर्नेमा ठूलो भूमिका खेलेको छ । मलाई ढोरपाटन लिग चाँडै होस् जस्तो लाग्छ । सबै खेलाडीलाई यो प्रतियोगिता ‘मिस’ भइरहेको छ ।’

नेपाल पुलिस क्लबकी खेलाडी कमला पुनले पनि ढोरपाटन लिग एकमात्र डबल लिग खेल गराउने प्रतियोगिता भएकाले नयाँ खेलाडीका लागि उत्कृष्ट प्लेटफर्म भएको सुनाउँछिन् । ‘पहिला ढोरपाटन लिग कहिले होला भनेर बस्थ्यौं । अहिले ठाउँ-ठाउँमा प्रतियोगिता भइरहँदा खेलाडी व्यस्त छन् तर डबल लिग अरू ठाउँमा भएको छैन । त्यो कुराचाहिँ मिस भइरकेको छ,’ राष्ट्रिय टोलीकी सदस्य रहिसकेकी उनले भनिन्, ‘सबै खेलाडीले सबै टिमसँग खेल्न पाउँथे । धेरै टिम हुन्थ्यो । सिकारू खेलाडीले पनि सबै टिमसँग दुई-दुई पटक खेल्न पाउँथे । प्रतियोगिता १५-२० दिनसम्म हुन्थ्यो । यसले नयाँसँगै अनुभवी खेलाडीलाई पनि ठूलो महत्त्व राख्थ्यो ।’

नेपालमा हुने अन्य प्रतियोगिताको तुलनामा ढोरपाटन सबैभन्दा बढी दिनसम्म चल्थ्यो । लामो समयसम्म खेलाडीको कोर्टमा हुने ‘इन्काउन्टर’ले नयाँ खेलाडीको व्यक्तित्व विकासमा पनि सहयोग पुग्थ्यो । अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग नयाँ खेलाडीले धेरै कुरा सिक्न पाउँथे । अहिले ती कुराहरूको पनि कमी भइरहेको कमलाको ठम्याइ छ ।

कार्यकाल पूरा भइसकेको नेपाल भलिबल संघ केन्द्रीय निर्वाचन गर्ने तर्खरमा छ । त्यसैका लागि जिल्ला र प्रदेशको अधिवेशन धमाधम भइरहेका छन् । नेपाल भलिबल संघका सचिवसमेत रहेका अध्यक्ष छन्त्यालसँगै अन्य पदाधिकारी पनि चुनावमै होमिएका छन् ।

ढोरपाटन लिगले खेलाडी उत्पादन गर्ने मात्र नभएर खेलाडीलाई आर्थिक रूपमा सहयोग पनि गर्ने गरेको थियो । बर्सेनि हुने यो प्रतियोगिताले विधागततर्फ उत्कृष्ट खेलाडीलाई सुन, स्कुटर र पैसाले सम्मानित गर्ने गरेको थियो । त्यो पनि संस्थागत रुपमा नेपाली भलिबल सुतेर बसेका बेला । 

यही कारण ढोरपाटनले गर्ने प्रतियोगिता र सम्मानको खेलाडीका लागि ठूलो अर्थ रहन्थ्यो । कहीँ कतै केही नभइरहेका बेला खेलाडीलाई खेल्ने मञ्चका साथै आकर्षक पुरस्कार यही प्रतियोगिताले दिने गरेको थियो । त्यसैले आर्थिक पक्षबाट पनि यसको महत्व हरेक खेलाडीका लागि छुट्टै थियो ।

ढोरपाटनले २०७६ सालको भएको अन्तिम प्रतियोगितासम्ममा ३६ वटा स्कुटर, तीन तोला सुन, दर्शकलाई समान दुई थान बाइक र स्कुटर बाँडिसकेको इतिहास छ ।

कार्यकाल पूरा भइसकेको नेपाल भलिबल संघ केन्द्रीय निर्वाचन गर्ने तर्खरमा छ । त्यसैका लागि जिल्ला र प्रदेशको अधिवेशन धमाधम भइरहेका छन् । नेपाल भलिबल संघका सचिवसमेत रहेका अध्यक्ष छन्त्यालसँगै अन्य पदाधिकारी पनि चुनावमै होमिएका छन् ।

नेपालको राष्ट्रिय खेलको आगामी चार वर्षका लागि नेतृत्व चयन गर्ने चुनाव अहिले कोर्टभित्रका अन्य गतिविधिभन्दा बढी प्राथमिकतामा परेका छन् । छन्त्याल आफै पनि महासचिवमा उम्मेदवारी दिने तयारीमा छन् ।