बाग्मती प्रदेश न्यू डायमन्ड कप

एपिएफको लगातार दोस्रो जित

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बुधबार प्रथम बाग्मती प्रदेश न्यू डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा जारी प्रतियोगितामा डायमन्ड एपिएफसँग २५–१२, २५–२०, २५–१४ को सोझो सेटमा रोकियो । लगातार दोस्रो जित निकालेको एपिएफ र पुलिसले समान ६ अंक जोडेका छन् । यता डायमन्ड र परोपकार महिला होस्टेल भने अंकविहीन छ ।

यसअघि सम्पन्न पहिलो खेलमा पुलिसले परोपकारलाई सोझो सेटमा हराएर प्रतियोगितामा अघि बढीरहेको छ ।

चार टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

खुला महिला भलिबल प्रतियोगितामा बिहीबार पहिलो खेलमा परोपकार र डायमन्ड तथा दोस्रो खेलमा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।