यु २३ पुरुष बास्केटबल प्रतियोगिता

गोल्डेनगेटको विजयी सरुआत

काठमाडौं । गोल्डेनगेटले यु २३ पुरुष बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । बुधबार भएको समूह चरणको खेलमा गोल्डेनगेटले बलर्स एकेडेमीलाई ८८–४८ ले पराजित गर्यो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले आइएसए नेपाललाई ६८–४० तथा रोयलले मेरिलियोनलाई ६१–४८ ले हराए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । ७१औं मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक विभागका प्रमुख विकु महर्जनले जनाएका छन् ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । फाइनल मंगलबार हुनेछ ।