इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसन

कार्की मोरोक्को प्रस्थान

काठमाडौं । इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसनको कार्यकारी समिति बैठकका लागि इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसनको नेपालबाट निर्वाचित कार्यसमिति सदस्य राजकुमार कार्की मोरोक्को राजधानी रबाट प्रस्थान गरेका छन् ।

उनलाई नेपाल स्कूल फेडेरेसनका संस्थापक अध्यक्ष प्रदिप जोशी र उपाध्यक्ष मोहनकुमार कार्कीले ठमेलको होटल मनाङबाट बिदाई गरेका थिए ।

नेपाल राष्ट्रको खेलकुदको वृद्धि विकासका लागि पहल गर्ने र खेलकुद प्रवर्धनका लागि बैठकमा आफ्नो भनाइ राख्दै पहल गर्ने उनको भनाई थियो ।

उनले यसै बैठकमा २०२२–२०२६ का लागि इन्टरनेशल स्कूल स्पोर्ट फेडेरेसनको टेक्निकल कमिसनको अध्यक्षका लागि समेत आवेदन दिएका छन् । उनले २०१८–२०२२ को इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको टेक्निकल कमिसनको संयोजकको रुपमा काम गरिसकेका छन् ।

इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसनको फ्रान्समा भएको साधारणसभाबाट नेपालको प्रतिनिधित्व गर्दै राजकुमार कार्की कार्यकारी समितिको सदस्यमा गत जेठमा निर्वाचित भएका थिए । इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसनले १८ वर्षसम्मको सम्पूर्ण खेलका सबै स्तरको खेलकुदको आयोजना गर्छ ।