नेपाली राष्ट्रिय महिला भलिबल टिम

उषाको टिम दिबेही सिफान्गी प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी उषा भण्डारी सम्मिलित दिबेही सिफान्गी क्लब माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ बाट बाहिरिएको छ ।

माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा जारी प्रतियोगिताको अन्तिम खेलमा दिबेही सिफान्गी क्लब इगल्ससँग ३–२ को सेटमा पराजित भयो । इगल्सले दिबेहीमाथि २०–२५, २५–१०, २३–२५, २५–१६, १५–५ को सेटमा जित निकाल्यो ।

यो जितसँगै इगल्सले ९ अंक बनाएको छ । प्रतियोगितामा चार खेल खेलेको इगल्सले तीनमा जित र एक खेलमा हार बेहोरेको थियो । यस्तै पोल ‘बी’ बाटै इगल्ससँगै पुलिसले पनि ९ अंक बनाएको छ । प्रतियोगितामा तीन खेल खेलेको पुलिस सतप्रतिशत नतिजासहित सेमिफाइनलको लागि अगाडि बढीरहेको छ ।

पुलिसले चौथों खेलमा शनिबार राति भबिलल युथ जेनेरेसनसँग खेल्दैछ ।