कान्तिपुर हाफ म्यारथन

गोपी र राजपुरा च्याम्पियन

काठमाडौं । विभागीय क्लब एपिएफका गोपिचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले शनिबार १०औं सस्करणको कान्तिपुर हाफ म्यारथन जितेका छन् ।

पुरुषतर्फ गोपीले निर्धारित दुरी  घण्टा सात मिनेट ४१ सेकेण्डमा पूरा गरेका थिए । त्रिभुवन आर्मी क्लबका दिपक अधिकारीले निर्धारित दुरी एक घण्टा सात मिनेट ५० सेकेण्डमा पूरा गर्दै दोस्रो हुँदा आर्मीकै मुकेश पल निर्धारित दुरी एक घण्टा सात मिनेट ५० सेकेण्डमा पूरा गर्दै तेस्रो भए । 

महिलातर्फ राजपुराले निर्धारित एक घण्टा १९ मिनेट १० सेकेण्डमा पूरा गरिन्  । एपिएफकी पुष्पा भण्डारी निर्धारित दुरी एक घण्टा २२ मिनेट ५ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् भने पुलिसकी रेखा विष्ट निर्धारित दुरी एक घण्टा ३० मिनेट ५२ सेकेण्डमा पूरा गर्दै तेस्रो भइन ।

हाफ म्याराथनमा पुरुष र महिलातर्फको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले ३० हजार रुपैयाँ जिते ।