सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल

महिला बिच भलिबलमा ९ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं । सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पाल्पाको तानसेनस्थित रानीमहलमा बिहीबारदेखि हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ सहभागी छन् ।

जसमा पुलिसबाट कमला पुन र मनिसाकुमारी चौधरीको जोडी, एपिएफबाट रेश्मा भण्डारी र निरुता थगुन्नाको जोडी, मधेस प्रदेशबाट नेहाकुमारी चौधरी र सविनाकुमारी चौधरीको जोडी तथा बागमती प्रदेशबाट रोजीना कुमाल र मोनीका महतोको जोडीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, सुदूरपश्चिमबाट भगवती र भुवनेश्वरी, कर्णाली प्रदेशबाट आहाराकुमारी शाही र हीरा जैसी, लुम्बिनी प्रदेशबाट भावना डागी र सरस्वती कट्टेल, गण्डकी प्रदेशबाट पवित्रा विसी र रेवीना घर्ती मगर तथा प्रदेश एकबाट अञ्जना लिम्बु र प्राशी गौतमको जोडी छन् ।

प्रतियोगिताको लागि बिच भलिबलको कोर्ट तयार भइरहेको सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष तथा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले खेलाडीलाई बताइन् ।