आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

साविक विजेता हेल्प नेपाल फाइनलमा

फाइल फोटो

काठमाडौं । साविक विजेता हेल्प नेपाल स्पोर्ट क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपकाे पुरुषतर्फ फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शुक्रबार हेल्प नेपालले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो। हेल्प नेपालले खेल २५-१९, २७-२५, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

हेल्प नेपालले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी शुक्रबार नै न्यु डायमन्ड स्पोर्टस क्लबमाथि २५-२२, २३-२५, २५-१४, २५-२१ ले जित निकाल्दै एपिएफ क्लबले महिलातर्फ तेस्रो स्थान हासिल गर्यो ।