स्पेनिस ला लिगा

ग्रिनउडलाई क्लबमै राख्ने गेटाफेको इच्छा

काठमाडौं । स्पेनिस ला लिगा क्लब गेटाफेले इङ्लिस फरवार्ड मेसन ग्रिनउडलाई अर्को सिजन पनि क्लबमै राख्ने इच्छा देखाएको छ ।

गेटाफेले सन् २०२३ मा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडबाट ग्रिनउडलाई लोनमा भित्र्याएको थियो ।

ग्रिनउडले गेटाफेका लागि २४ ला लिगा खेलमा ६ गोल गरेका छन् ।

युनाइटेड र ग्रिनउडबीचको सम्झौता सन् २०२५ सम्म छ। युनाइटेडले ग्रिनउडलाई स्थायी रूपमै अन्य क्लबमा पठाउन चाहेको छ ।