माघ ८, २०८२ बिहीबार | १९:३३:५०
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल
शनिबारको दिन रोबिन्हो

बलात्कारी रोबिन्होलाई ९ वर्ष जेल सजाय

काठमाडौं । कुनै बेला रोबिन्होलाई तीन पटकको विश्वकप विजेता ब्राजिली महान खेलाडी पेलेसँग तुलना गरिन्थ्यो । यो समय थियो सन् २००४ को । जतिबेला रोबिन्होले पहिलो पटक ब्राजिली राष्ट्रिय टोलीको जर्सी लगाएका थिए ।

फरवार्ड रोबिन्हो टेक्निकल रूपमा गिफ्टेड खेलाडी थिए । छिटो र छरितो थिए । बल नियन्त्रणमा उनको जवाफ थिएन । ड्रिब्लिङमा त्यत्तिकै सशक्त थिए । रोबिन्हो कस्ता खेलाडी थिए भने उनलाई नेयमारले आफ्नो आइडल मान्थे । 

अहिलेको विश्व प्रसिद्ध खेलाडीमा गनिन्छ नेयमार । यिनै खेलाडी एक समय रोबिन्होको खेल कौशलबाट फिदा थिए । सन् २००६ देखि २०१० सम्म रोबिन्हो करिअरकै उचाइमा थिए । यसबीच उनले दुई संस्करण विश्वकप खेले । दक्षिण अफ्रिकामा भएको १९औं विश्वकपमा त ब्राजिलको अग्रपङ्क्तिको जिम्मेवारी उनमै निर्भर थियो । उनी र लुइस फाबिनोको जोडी कसलाई थाहा छैन र ?

करिअरको उतारचढावबीच रोबिन्होले ब्राजिलका लागि १०० खेल खेल्दा २८ गोल गरेका छन् । उनको व्यक्तिगत प्रतिभाको साँच्चै मापन गर्ने हो भने यो गोलसंख्या एकदम कम हुन्छ । उनी खेलाडी त्यस्तै थिए, जसको खेल हेर्दा नै आनन्द मिल्दथ्यो । तर, अनुशासनको अभावका कारण करिअरलाई ‘हाइ नोट’मा टुंग्याउन सकेनन् । यसबीच उनले करिअरमा धेरै आलोचना खेप्नुपरेको थियो ।

जतिसुकै राम्रा खेलाडी भए पनि उनले आफ्नो व्यक्तिगत जीवन भने सम्हाल्न सकेनन् । त्यसैले उनको निकै सम्भावना बोकेको खेलजीवनले त्यो रूप पाउन सकेन, जसका लागि उनी सजायको हकदार रहे । 

यिनै रोबिन्हो अहिले बलात्कार मुद्दामा दोषी ठहर हुँदै ९ वर्ष जेल सजायको भागिदार भएका छन् । ४० वर्षीय रोबिन्होलाई बुधबारमात्र इटालियन अदालतको आग्रहमा ब्राजिलको अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । रोबिन्होले २०१३ मा २२ वर्षीया अल्बेनियन युवतीलाई बलात्कार गरेको भन्दै २०१७ मा इटालियन अदालतमा मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएयता रोबिन्हो ब्राजिलमै बस्दै आएका थिए ।

ब्रासिलियाका न्यायाधीशहरू रोबिन्होलाई कारागार चलान गर्ने निर्णयमा पुगेका हुन् । ब्रासिलिया अदालतले उनी तत्कालका लागि कारागारमा नरहने र पुनरावेदनसम्म स्वतन्त्र रहने फैसला गरेको थियो । बलात्कारको घटना घट्दा रोबिन्हो इटालियन जायन्ट एसी मिलानबाट व्यावसायिक खेल खेलिरहेका थिए । दोषी ठहर भएपछि उनले  एक पटक पुनरावेदन पनि दिएका थिए । तर, त्यसमा उनी असफल भए । २०२२ यता उनीमाथि पक्राउ पुर्जी जारी गरिएको थियो ।

रोबिन्होले स्पेनिस महारथी रियाल मड्रिडमा चार सिजन बिताए । उनले त्यहाँ दुई ला लिगा उपाधि जिते । सेप्टेम्बर २००८ मा उनी कीर्तिमानी साढे ३२ मिलियन पाउन्डमा इङ्लिस क्लब म्यानचेस्टर सिटी पुगेका थिए । वर्तमान मालिक शेख मन्सुरले क्लब सम्हालेको पहिलो दिनमै रोबिन्होलाई अनुबन्ध गरेका थिए । अहिले सिटी विश्व फुटबलमा सर्वाधिक खर्च गर्ने क्लबमा पर्छ । खेलाडी पनि एकसेएक छन् । स्टार खेलाडी अनुबन्ध गर्ने सुरुआत रोबिन्हो बाटै भएको थियो ।

सिटीमा दुई वर्ष बिताएपछि रोबिन्हो एसी मिलान पुगेका हुन् । एसी मिलानमा पाँच वर्ष बिताएपछि चिनियाँ क्लब ग्वाङ्झाउ एभरग्रान्डेमा अनुबन्ध भए । चीनमा एक वर्ष वर्ष बसेपछि उनी ब्राजिल फर्केका हुन् । 

जतिसुकै राम्रा खेलाडी भए पनि उनले आफ्नो व्यक्तिगत जीवन भने सम्हाल्न सकेनन् । त्यसैले उनको निकै सम्भावना बोकेको खेलजीवनले त्यो रूप पाउन सकेन, जसका लागि उनी सजायको हकदार रहे ।