आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा

फाइल फोटो

काठमाडौं । आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफफाइनल समिकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगिताको सेमिफाइनलमा साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबले गण्डकी प्रदेश तथा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको सामान गर्नेछन् ।

बिहीबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३-१ को सोटमा पराजित गर्यो ।

पहिलो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २२-२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा आर्मी २५-२३, २५-१७ ले विजयी भयो ।

त्यसअघि बिहीबार नै  पुलिसले कोशी प्रदेशलाई २५-१३, २५-१६, २५-१३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

यसैगरी महितर्फको उपाधिका लागि एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

सेमिफाइनलमा एभरेष्टले न्यु डायमन्ड स्पोर्टस क्लबलाई २५-२०, २५-१२, २५-१८ तथा पुलिसले अर्को विभायीय टोली नेपाल एपिएफ क्लबलाई २७-२५, २५-२२, २८-३०, २५-१७ ले पराजित गरे ।