इन्डियन प्रिमियर लिग

गायकवाड चेन्नईको नयाँ कप्तान

पूर्व कप्तान धोनीका साथ गायकवाड

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को साविक विजेता चेन्नई सुपर किंग्सले युवा ब्याटर रुतुराज गायकवाडलाई आगामी संस्करणका लागि कप्तानमा नियुक्त गरेको छ ।

यसअघि टोलीको कप्तान महेन्द्रसिंह धोनीले गर्दै आएका थिए । धोनीको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२३ मा च्याम्पियन बनेको थियो ।

धोनीले २३५ आइपिएपल खेलमा कप्तानी गर्दा चेन्नईले १४२ जित, ९० हारको जित निकाल्दा एक खेल टाइ भएको थियो ।

सन् २०२० मा चेन्नई सुपर किंग्समा अनुबन्ध भएका गायकवाडले ५२ आइपिएल खेलमा एक शतक र १४ अर्धशतकको मद्दतले १७९७ रन बनाएका छन् ।

शुक्रबारबाट सुरु हुने आइपिएलको उद्घाटन खेलमा चेन्नई र रोयल च्यालेन्जर्स बेङ्लोर भिड्ने छन् ।