राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबल प्रतियोगिताः आर्मी र एपिएफ सेमिफाइनलमा

फाइल फोटो

काठमाडाैं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा सोमबारको चौथो तथा अन्तिम खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो । आर्मीले खेल ३१-२९, २५-२१, २५-२१ ले आफ्नो पक्षमा पारेको थियो ।

यसैगरी विभागीय डर्बीमा एपिएफले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्यो।  एपिएफले २५-१७, २५-१५ ,२२-२५,२५-२० को जित निकालेको हो ।

यस्तै दिनको पहिलो खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ३-१ ले हरायो । लुम्बिनीले २५-१५,२१-२५,२५-१३, २५-२१ को जित निकाल्यो ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ३-१ ले सेटमा निरास बनायो । प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा सुदूरपश्चिमले खेल २५-२१,२१-२५, २५-१८, २५-२३ ले आफ्नो पक्षमा पारेको थियो ।