राष्ट्रिय भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबल प्रतियोगिताः पुलिस, गण्डकी, एपिएफ र आर्मीको लगातार दोस्रो जित

फाइल फोटो: त्रिभुवन आर्मी क्लब

काठमाडौं । नेपाल पुलिस क्लब,गण्डकी प्रदेश , नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा आइतबारको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । पुलिसले खेल २५-१०, २५-१३, २५-१७ ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ३-० को सोझो सेटमा निरास बनायो । गण्डकीले २५-११, २५-१९,२५-१३ को जित निकालेको हो । तेस्रो एपिएफले लुम्बिनी प्रदेशलाई ३-१ को  सेटमा हरायो । एपिएफले खेल २५-२२,२३-२५ ,२५-२२, २५- १५ ले आफ्नो पक्षमा पार्याे ।

दिनको चौथो तथा अन्तिम खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३-१ को सेटमा निरास बनायो ।आर्मीले २५-१५ ,२१-२५, २५-१४, २५-१८ को जित निकाल्यो ।