इटालियन सिरी ‘ए’

एसी मिलानको सहज जित

काठमाडौं । एसी मिलानले इटालियन सिरी ‘ए’ मा आइतबार घरेलु टोली इम्पोलीविरुद्ध ३-० को सहज जित निकालेको छ ।  

कार्लो कास्टेलानी रंगशालामा मिलानलाई जित दिलाउन रुवेन लोफ्टस चीक, ओलिभर जिरौड र चका ट्राओरेले गोल गरे ।

जितसँगै १९ खेलमा ३९ अंक जोडेको इन्टर तेस्रो स्थानमा छ ।  पराजय ब्यहोरेको इम्पोली समान खेलमा १३ अंकका साथ १९ औं स्थानमा छ ।

खेलको ११ औं मिनेटमा चीकको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । उनले राफेल लियोको पासलाई सदुपयोग गरेका हुन् ।  ३१ औं मिनेटमा जिरौडले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा ट्राओरले गोल गर्दै मिलानलाई ३-० को सहज जित दिलाए ।  उनले किस्टियन पुलिसिकको पासलाई पोस्टको दिशा दिएका हुन् ।