टेनिस

आइटिएफ वर्ल्ड टेनिस टुरमा प्रणव र सुनिराको विजयी सुरुआत

काठमाडौं ।  नेपालका प्रणव मानन्धर र सुनिरा थापाले आइटिएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ मा विजयी सुरुआत गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको ब्वाइज सिंगल्समा प्रणवले भारतका निकिल डिसुजालाई ६-१ र ६-४ को सोझो सेटमा पराजित गरे । 
सोही स्पर्धाको अन्य खेलमा भियतनामका फाम ला होङ, भारतका प्रत्यक्ष, भारतका मायंक शर्मा, हङकङका होङ कि लौ, चीनका फान्मिङ मेङ, भारतका वंश नन्दल, देवासिश साहु, आर्यन सुटर, ड्रिक शाह र सागर कुमार तथा भियतनामका नोक लाम काउले पनि पहिलो चरणमा जित निकाले ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्समा सुनिराले भारतकी अनुष्का भोलालाई ६-४, ५-७ र ६-१ को सेटमा हराइन् ।

अन्य प्रतिस्पर्धामा भारतका सिम्रिन अहमद, अर्जन खोराकिवाला, इसी महेश्वरी, अमोदिनी नायक, तमन्ना टकोरिया, समइरा पहवा र साइ जान्भी तथा बेल्जिमकी क्यमिली फिसेट, हङकङकी जान लिङ छुन वोङ, रुसकी मिलिना सुब्खकुलोभा र थाइल्यान्डकी कन्छ्या छुङवातना विजयी भए ।

प्रतियोगिता आयोजक संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।  प्रतियोगितामा ब्वाइज तथा गर्ल्सतर्फ समान ३२ खेलाडी सहभागी छन् ।