नेपाली क्रिकेट

सौर्यको उत्कृष्ट प्रदर्शनमा एसपिएको पहिलो जित

लखनउ । सौर्य श्रेष्ठको अलराउन्ड प्रदर्शनप्रेरित धनगढीको एसपीए कलेज भारतमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

सोमबार राति लखनउस्थित सिटी मन्टेश्वरी स्कुलको मैदानमा भएको खेलमा एसपिएले कोलकाताको साउथ इन्टरनेशनल स्कुललाई एक सय १० रनले पराजित गरेको हो  ।

एसपिएले प्रस्तुत गरेको एक सय ७६ रनको लक्ष्य पछ्याएको साउथ इन्टरनेसनल १६.१ ओभरमा  ६५ रनमै समेटियो ।

साउथ इन्टनेसनलका लागि यश पर्मरले सर्वाधिक २१, प्रथम खेमले १४ रन जोडे । एसपिएका सौर्य र सचिन साउदले समान तीन विकेट लिए । यसैगरी खगेन्द्र कुँवर, विप्लव खड्का, बसन्त कार्की र निर्मल भट्टले समान एक विकेट लिए ।

यससअघि टस जितेर  ब्याटिङ रोजेको एसपिएले निर्धारित २० ओभरमा आठ  विकेट गुमाएर एक सय ७५ रनको योगफल तयार पारेको  थियो । 

 एसपिएका लागि सौर्यले  ४४ बलमा पाँच चौका र चार छक्का मद्दतमा  सर्वाधिक ५९ रन जोडे ।  यसैगरी अजयसिंह कडालले ३२  खगेन्द्र कुवरले ११८ तथा विपिन रावलले १९ रन  बनाए ।

सायथ इन्टरनेसनलका यश पर्मर र सुर्याशं झाले समान तीन  विकेट लिए । यसअघि  लगातार दुई खेलमा पराजय ब्यहोरेको एसपिएको अगाडि बढ्ने सम्भावना भने अरु टोलीको नतिजामा भर पर्नेछ ।

सिटी मन्टेश्वरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाब्बे र भारतका  १६ टोलीले सहमागिता जनाएका छन् ।