आइटिएफ वर्ल्ड जुनियर यु-१४ टेनिस प्रतियोगिता

टेनिसका तीन खेलाडी छनोट

सांकेतिक तस्बिर

काठमाडौं । आइटिएफ  वर्ल्ड जुनियर यु-१४ टेनिस प्रतियोगिता अन्तर्गत प्रि क्वालिफाइङका लागि नेपालबाट तीन  पुरुष खेलाडी छनोट भएका छन् ।

बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । टोलीको प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य  छन् । प्रतियोगिता फेब्रुअरी १३ देखि १८ सम्म श्रीलंकाको कोलोम्बोमा हुनेछ ।

त्यस्तै संघ मलेसियाको कुचिङमा मार्च २० देखि २५ सम्म हुने  आइटिएफ यु-१४ फाइनल क्वालिफाइङका पनि लागि छनोट प्रतियोगिता गर्ने भएको छ ।

 छनोट प्रतियोगिता फेब्रुअरी १२ तारिखमा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।  उक्त प्रतियोगिताका लागि तीन महिला खेलाडी  छनोट गरिने कार्यालय सचिव देवकोटाले जानकारी गराए ।