उसु

राष्ट्रिय खेलकुदका स्वर्ण विजेता सम्मानित

काठमाडौं । कालभैरव उसु क्वानले बृहत राष्ट्रिय खेलकुदका फरक संस्करणमा उसुमा तीन भन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ ।

प्रतियोगिताको आयोजक काल भैरबले बुधबार प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको समापनका अवसरमा एलिना चौधरी पाँच, मंगलप्रसाद थारु, अशोक खालिङ र सुस्मिता तामाङ  समान चार तथा निमा घर्ती मगर, हरिप्रसाद गोले, विजय सिन्जाली, दीपक हमाल र चित्रसिंह ठकुरी समान तीन स्वर्ण विजेतालाई सम्मान गरेको हो ।