उसु

काठमाडौं उसु क्वान टिम च्याम्पियन

काठमाडौं ।  काठमाडौं उसु क्वान  प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको च्याम्पियन बनेको छ ।   

बुधबार सम्पन्न प्रतियोगितामा काठमाडौं आठ स्वर्ण, चार रजत र ६ कांस्य जित्दै  टिम च्याम्पियन बनेको हो ।

कालभैरब उसु क्वानको आयोजनामा भएको  प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान सात स्वर्ण, चार रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ड्रागन उसु क्वानले पाँच स्वर्ण, पाँच रजत र चार कांस्य जित्यो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिता अन्तर्गत थाउलोको पुरुषमा ड्रागनका रोजिश बल तथा महिलामा बुद्ध प्रकाशकी लक्ष्मी तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी सान्सौंको पुरुषमा कपन उसु क्वानका प्रतिक कुलुङ तथा महिलामा यिन याङकी उसु क्वानकी रेश्मा ब्लोन उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, नेपाल उसु महासंघका अध्यक्ष जनक गर्तौला, आयोजक कालभैरव उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठलगतयतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।