ओसन कप

ओसन कप यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिता चैतमा

काठमाडौं ।  गोर्खास्थित द ओसन क्लबको आयोजनमा आठौं ओसन कप यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिता चैतको अन्तिम साता हुने भएको छ ।

आयोजकले बुधबार प्रेस विज्ञप्तिमार्फत प्रतियोगिता चैतमा हुने जनाए पनि मिति भने सार्वजनिक गरेको छैन । प्रतियोगिता आयोजकको प्रशिक्षण मैदानमा हुनेछ ।

प्रतियोगितामा कुल १२ टोलीको सहागिता रहनेमा आयोजक द ओसन क्लब, लक्ष्मी  समूदायीक शिक्षा सदन र द ओल्ड क्यापिटल माविले स्थान सुरक्षित गरिसकेका छन् । तीन टोली गोर्खाका हुन्  ।  

द ओसन आयोजकका रुपमा सिधै छनोट हुँदा लक्ष्मी र द ओल्ड क्यापिटले छनोट चारण पार गरेर प्रतियोगितमा स्थान सुरक्षित गरेका हुन् । प्रतियोगिताको लागि गोर्खा छनोट गएको कार्तिक १९ देखि पुस २ गतेसम्म भएको थियो ।

आयोजकले बाँकी नौ स्थानका लागि आवेदन फारम भर्न एच्छुक फुटबल एकेडेमी ,क्लब तथा विद्यालयलाई आग्रह गरेको छ ।  आवेदन फारम माघ २५ गते सम्म भरिसक्नु पर्नेछ ।