निक किर्गियोस

ग्रान्ड स्लाम जितेपछि मात्र संन्यास लिन्छुः किर्गियोस

क्यानबेरा । अष्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोसले ग्रान्ड स्लाम जितेपछि मात्र  संन्यास लिने बताएका छन् ।  

गत वर्ष विम्बल्डन टेनिसको उपविजेता निक  युएस ओपन टेनिसमा आठौँ स्थानमा रहेका थिए।

२७ वर्षिय निक आगामी जनवरीमा घरेलु मैदानमै  हुने  वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अष्ट्रेलियन ओपन जित्न चाहन्छन् । ‘म वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिताको उपाधि जित्दै संन्यास लिन चाहन्छु’,निकले भने ।

निकले खेलका क्रममा विभिन्न देशको भ्रमण गर्नु पर्दा परिवारलाई समय दिन नपाएको बताएका छन् ।  खेलाडी भइसकेपछि साधारण जीवन यापन गर्न सकिदैन । खेल्नका लागि परिवार र देशबाट टाढा जानुपर्छ,’ निकले भने‘कहिले काँही खेलका लागि लामो गर्नुपर्छ । यसरी यात्रा गर्दा स्वस्थ्यमा गम्भिर असर परेको छ ।’