वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता

ऋतिक र निशनको जोडीलाई उपाधि

काठमाडौं । ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत पुरुष युगलतर्फको उपाधि जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा ऋतिक र निशनको जोडीले प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७–६ , ४–६(१०–५) ले हराउँदै च्याम्पियन बनेको हो ।

३५ वर्षमाथिको पुरुष युगलतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेका छन् । 

फाइनलमा  कमल र यज्ञको जोडीलसन्तोष खत्री र सिमान्त गुरुङको जोडीलाई ६–१ ,६–३ ले उपाधि जितेको हो । यू–८ गर्ल्सको उपाधि सारा पन्तले जितिन् । फाइनलमा साराले थिया श्रेष्ठलाई १०–२ , १०–५ ले पराजित गरिन् । यू–१० को ब्वाइजतर्फ सुजन कुइकेल र गर्ल्समा साल्भी शेरचनले उपाधि जिते ।

सुजनले फाइनलमा युभेन मान श्रेष्ठलाई ६–१ , ६–० ले तथा साल्भीले मेरिशा थापालाई ६–०, ६–१ ले पराजित गरिन् ।

यू–१२ गर्ल्सको उपाधि शिभाली गुरुङले जितेकी छिन् । शिभालीले फाइनलमा स्वस्तिका विष्टलाई ३–६,६–३ , ६–४ ले  हराइन ।

प्रतियोगिता अन्तर्गत नै यू–८ ब्वाइजमा आर्यश राज पौडेल र सभ्य जङ कार्कीले फाइनलमा स्थान पक्का गरेका छन् ।

यू–९ ब्वाइजमा सुजन कुइकेल र आर्यश राज पौडेलले फाइनलको यात्रा तय गरेका छन् ।यू–९ गर्ल्सको उपाधि भिडन्तमा जेनिशा ज्ञवाली र अनुश्री धोजु भिड्ने छन् ।

यू–१२ ब्वाइजको फाइनलमा असभ सम्राट हाडा र बृजेश अग्रवालले स्थान पक्का गरेका छन् ।

यू–१४ को ब्वाइजको फाइनलमा आयुष्मान हजुर घले र बोरिस अधिकारीले प्रतिस्पर्धा गर्ने छन् ।    यू–१४ गर्ल्सको उपाधि भिडन्तमा सुनीरा थापा र शिभाली गुरुङले खेल्ने छन् ।

पुरुष डबल्सको ४५ वर्षमाथि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले फाइनलमा स्थान बनाएका छन् ।

यसै स्पर्धामा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनलमा स्थान पक्का गरेका छन् ।

पुरुष ५५ वर्षमाथि डबल्सको फाइनलमा कृष्ण घले र सुवर्ण धाखवाको जोडी र निरन्जन श्रेष्ठ र राम  रानाको जोडीले प्रतिस्पर्धा गर्ने छन् ।  

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।