चैत्र १८, २०८२ बुधबार | १२:२१:११
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

रेडिअन्टको विजयी सुरुआत

काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ ।

स्युचाटारस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ रेडिअन्टले इडेन ब्रिज एकेडेमीलाई ३७–१६ ले पराजित गर्यो। रेडिअन्टका सुवास गौतमले १४ स्कोर गरे ।

सिनियर ब्वाइजमै पिपुल्सले जुबिलियन्टलाई १४–१३, ग्रिनफिल्डले माउन्ट ग्लोरीलाई ३८–१२ र एचएचसीएले सेन्ट्रललाई ४३–१७ ले हराए । पिपुल्सका विवेक भण्डारीले ७, ग्रिनफिल्डका ससान्त कार्कीले २३ र एचएचसीएका पवन मगरले १८ अंक जोडे ।

सिनियर गल्र्समा रेडिअन्टले ग्रिनफिल्डलाई २८–४ तथा संस्कृतिले जेसेसलाई २८–८ ले पन्छाए । रेडिअन्टकी प्रशंसा बुढाथोकीले १६ तथा संस्कृतिकी त्रिशा श्रेष्ठले ८ अंक बटुले ।

जुनियर ब्वाइजमा स्किब्सले ग्रिनफिल्डलाई ७–२, युनिकले इडेन ब्रिजलाई २०–१६ तथा महामञ्जुश्रीले राइजिङ स्टारलाई १८–४ ले पाखा लगाए । स्किब्सका समृत थापा मगरले ५, युनिकका सजित रिमालले ७ तथा महामञ्जुश्रीका समिर श्रेष्ठले ८ अंक जोडे ।

प्रतियोगिताको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले एक कार्यक्रमबीच उद्घाटन  गरे ।

 प्रतियोगितामा सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम गरी जम्मा ४८ टिम सहभागी छन् । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो