सफ्ट टेनिस

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा । प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसको मिक्स डबल्समा स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार बिहान सम्पन्न फाइनलमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जिया चौधरीको जोडीलाई ५–२ को नतिजामा पराजित गर्दै प्रदेश १ ले स्वर्ण जित्यो ।

यसै इभेन्टमा नेपाल पुलिसर सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्य जितेका छन् । पुलिसक कमल र विष्णा भण्डारी तथा एपिएफबाट हरकसिंह धामी र भगवती विकले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि मंगलबार डबल्सतर्फ पुलिस र एपिएफले एक–एक स्वर्ण जितेका थिए ।

पुरुषतर्फ पुलिसका नरबहादुर लुङगेली र कमल भण्डारीको जोडीले, महिलातर्फ एपिएफका भगवती बि.क.र समृद्धि महर्जनको जोडी विजयी भएको थियो ।