महिला बास्केटबल

महिला बास्केटबलमा गण्डकीलाई कास्य

तनहुँ । तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ४६–२४ को नतिजामा पराजित गर्दै गण्डकी प्रदेशले महिला बास्केटबलमा कास्य पदक जितेको छ ।

बुधबार बिहान पहिलो क्वार्टरमा १६–९ को अग्रता बनाएको गण्डकीले दोस्रो क्वार्टरमा १०–४ को अग्रता कायम राखेको थियो । सुदूरपश्चिममाथि हाबी बनेको गण्डकीले त्यसपछि तेस्रो र चौथो क्वार्टरमा क्रमश: १२–७ र ८–४ को नतिजा निकाल्यो ।

गण्डकीको जितमा सीमा गर्बुजाले सर्वाधिक १९ अंक जोडेकी थिइन् । मंगलबार सम्पन्न सेमिफाइनलमा गण्डकी विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग पराजित भएसँगै स्वर्ण पदक यात्रामा पूर्णविराम लागेको थियो ।

दोस्रो सेमिफाइनलमा बागमतीसँग हारेसँगै सुदूरपश्चिमले कम्तिमा कास्य पदकका लागि गण्डकीसँग प्रतिस्पर्धा गर्न पाएको थियो ।