विम्बल्डन

राइबाकिना र जाबेर पहिलो ग्रान्ड स्लामको खोजीमा

लन्डन । इलिना राइबाकिना र ओन्स जाबेर शनिबार विम्बल्डनको महिलातर्फको  फाइनलमा आमने सामने हुँदा उपाधिसहित पहिलो ग्रान्ड स्लाम जित्ने लक्ष्यमा हुनेछन् । 

राइबाकिना र जाबेरले पहिलो पटक ग्रान्ड स्लामको फाइनल खेल्न लागेका हुन् । राइबाकिनाले बिहीबार सेमिफाइनलमा सिमोना हालेफलाई ६–३,६–३ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेकी थिइन । 

त्यस्तै जाबेरले मारियामाथि ६–२,३–६,६–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएकी हुन् । जाबरले पनि पहिलो पटक ग्रान्ड स्लाम फाइनलमा स्थान बनाएकी हुन् । जाबेर पहिलो ग्रान्ड स्लाम उपाधिसहित अफ्रिकाका खेलाडीहरु पनि विम्बल्डनमा प्रतिस्पर्धा गर्ने क्षमता राख्छन् भन्ने सन्देश दिन चाहेको बताएकी छिन् ।

यता पुरुषतर्फको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिच र  किर्गियोस प्रतिस्पर्धा गर्दैछन् । जोकोभिच २१  औं ग्रान्ड स्लामको खोजीमा छन् ।