विम्बल्डन

विम्बल्डनः जोकोभिच फाइनलमा

लन्डन । क्यामरुन नोरीमाथि एक सेटले पछि परेको स्थिती उल्ट्याउँदै फाइनलको यात्रा तय गरेसँगै नोभाक जोकोभिच  २१औं ग्रान्ड स्लामको संघारमा पुगेका छन् । 

नोरीको सन् २०१६ पछि विम्बल्डनपछि फाइनल प्रवेश गर्ने बेलायतको पहिलो खेलाडी बन्ने लक्ष्यमा जोकोभिच बाधक बने । सन् २०१६ मा बेलायतका एन्डी मरेले विम्बल्डनको उपाधि जितेका थिए । 

पहिलो सेटमा जित निकाल्दै नोरीले जोकोभिचलाई स्तब्ध पार्ने संकेत गरेका थिए । तर दोस्रो सेटबाट भने जोकोभिचले पुनरागमन गर्दै फाइनलको यात्रा पक्का गरे । जोकोभिचले २-६,६-३,६-२,६-४ को जित निकाले । 

फाइनलमा जोकोभिचले किर्गियोसको सामना गर्नेछन् । कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता नाडाल पेटको चोटका कारण सेमिफाइनलमाबाटै नाम फिर्ता लिन बाध्य भएका थिए । उनले नाम फिर्ता लिएसँगै किर्गियोसले फाइनलमा स्थान बनाएका थिए । किर्गियास ग्रान्ड स्लामको फाइनल प्रवेश गरेको यो पहिलो पटक हो ।

यता जोकोभिच भने २१औैं ग्रान्ड स्लामको संघारमा पुगेका छन् । जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लामको उपाधि जितेका छन् ।