विम्बल्डन

मेड्भेदेव र साबलिन्काले विम्बल्डन गुमाउने

लन्डन । विश्व वरीयताको शीर्ष स्थानका ड्यानियल मेड्भेदेव र महिला वरीयताको छैटौं स्थानकी आर्यना साबलिन्काले आगामी सोमबारदेखि सुरु हुने विम्बल्डन गुमाउने भएका छन् ।

रुसले छिमेकी राष्ट्र युक्रनेमाथि सैन्य आक्रमण सुरु गरेपछि रुस र बेलारुसका खेलाडीले प्रतिस्पर्धा गर्न नपाउने भएपछि मेड्भेदेव र साबलिन्काले विम्बल्डन गुमाउने भएका हुन् ।

साबलिन्का र मेड्भेदेवसँगै वरीयताको आठौं स्थानका एन्ड्री रुभलेक र वरीयताको २३औं स्थानका करिन खचानोभले पनि विम्बल्डन गुमाउने छन् । युएस ओपन च्याम्पियन मेड्भेदेव गत वर्ष विम्बल्डनको चौथों चरण र साबलिन्का सेमिफाइनलसम्म पुगेका थिए ।

रुस र बेलारुसी खेलाडीमाथिको प्रतिबन्धसँगै एटीपी र डब्लुटीएले वरीयता खोस्ने निर्णय गरेपछि आएको केही विवादका कारण विम्बल्डन यो महिनाको अन्तिममा सुरु हुन थालेको हो ।

पछिल्लो सिजन विम्बल्डनको पुरुषतर्फ नोभाक जोकोभिच र महिलातर्फ एस्लेघ बार्टी च्याम्पियन बनेका थिए । तर, यो पटक बार्टीले प्रतिस्पर्धा गर्ने छैनन् । उनले सोही प्रतियोगिताको उपाधि जितेसँगै खेल जीवनबाट सन्यास लिएकी थिइन् । कारोलिना प्लिस्कोभा गत वर्षको उपविजेता हुन् ।