एन्फा निर्वाचन

एन्फा निर्वाचन उम्मेदवार परिचय: उपाध्यक्षका प्रत्यासी केसी भन्छन् फुटबलबाट लिने होइन दिनुपर्छ

काठमाडौं । मोफसलकै पुराना क्लबमध्ये एक हो, रूपन्देहीको गोरखा ब्वाइज क्लब । त्यो क्लबबाट फुटबल खेल्ने दाजुहरूको संगतले कुमार (दीर्घबहादुर) केसीलाई पनि मैदानमा पुर्यायो । दाजुहरूकै पदचाप पछ्याउने क्रममा ११/१२ वर्षकै उमेरमा केसी फुटबलतिर होमिए ।

लामो समयसम्म केसी त्यहीं क्लबबाट खेले । र, खेलजीवन टुंग्याएर फुटबल राजनीतिमा होमिए । फुटबल राजनीतिमा उनको क ख ग घ पनि त्यहींबाट सुरू भयो, जुन क्लबले उनमा यो खेलप्रतिको मोह जगाएको थियो ।

‘दाइहरू गोरखा ब्वाइजबाट खेल्नुहुन्थ्यो । उहाँहरूसँग आउँदा जाँदा, अलिअलि खेल्दा म पनि उतै भिजिसकेछु, पत्तै नपाई,’ केसी मुस्कुराउँदै भन्छन्, ‘करिब ०४३–४४ सालतिरको कुरा हो त्यो ।’

लामो समयसम्म केसी त्यहीं क्लबबाट खेले । र, खेलजीवन टुंग्याएर फुटबल राजनीतिमा होमिए । फुटबल राजनीतिमा उनको क ख ग घ पनि त्यहींबाट सुरू भयो, जुन क्लबले उनमा यो खेलप्रतिको मोह जगाएको थियो ।

‘खेल्न छाडे पनि फुटबल छाड्न मन लागेन । त्यही क्लबको सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्ष भएँ । गोरखा ब्वाइजकै प्रतिनिधित्व गरेर रूपन्देही जिल्ला फुटबल संघको अध्यक्ष भएँ,’ केसी भन्छन्, ‘त्यसपछि रूपन्देहीलाई नेतृत्व गर्दै केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएँ । फेरि एन्फाको प्रतिनिधित्व गरेर नेपाल ओलम्पिक कमिटीमा सदस्य भएँ । मोफसलमा एक खेलाडीको रूपमा फुटबलसँग गाँसेको साइनो एकपछि अर्को चरण पार गर्दै यहाँसम्म आइपुगेको छ । र, उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको छु ।’

असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा कर्माछिरिङ शेर्पा प्यानलबाट उपाध्यक्षका उम्मेदवार हुन्, केसी । जीवनको सबैभन्दा ऊर्जाशील समय फुटबलमा खर्चिएका केसी आफूलाई उपाध्यक्षको हकदार ठान्छन् ।

मोफसलमा प्रतियोगिता आयोजना गरेर... विशेष गरी पाँच पटक तिलोत्तमा गोल्डकपको संयोजक भएर काम गरेका केसीसँग मैदानभित्रको फुटबलको पनि राम्रो ज्ञान छ । एन्फा कार्यसमितिको सदस्यको हैसियतमा नेपाल ओलम्पिक कमिटीमा पुगेका केसीले फुटबल राजनीति पनि राम्रोसँग बुझेका छन् ।

‘म आफूलाई उपाध्यक्षको योग्य उम्मेदवार ठान्छु । दुई कार्यकाल जिल्ला र केन्द्रीय कार्यसमितिमा पनि एक कार्यकाल बिताइसकेकाले स्वाभाविक रूपमै म उपाध्यक्ष पदको उम्मेदवार हो,’ केसीको दाबी छ ।

मोफसलमा प्रतियोगिता आयोजना गरेर... विशेष गरी पाँच पटक तिलोत्तमा गोल्डकपको संयोजक भएर काम गरेका केसीसँग मैदानभित्रको फुटबलको पनि राम्रो ज्ञान छ । एन्फा कार्यसमितिको सदस्यको हैसियतमा नेपाल ओलम्पिक कमिटीमा पुगेका केसीले फुटबल राजनीति पनि राम्रोसँग बुझेका छन् ।

‘खेलाडी उत्पादन भनेको जिल्लाबाट हुने हो । त्यस कारणले जिल्लालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको छु,’ केसी भन्छन्, ‘फुटबल व्यावसायिक खेल हो । तर, नेपालमा व्यावसायिक ट्रेन्ड छैन । बन्न सकेको छैन । भर्खरै फ्रेन्चाइज लिग सुरु हुँदै छ । पहिले त फुटबलबाट बाँच्ने आधार थिएन । अहिले छ । हामी फुटबलमा आउनु भनेको भोलेन्टियर गर्न आउने हो ।’

भोलेन्टियर गर्नेले धेरै आस गर्नुहुन्न भन्ने केसीको मान्यता छ । तर, ‘केही साथीहरू त्यसैमा केही पाइन्छ कि भनेर लाग्ने’ बताउँदै उनी आफू फरक रहेको दाबी गर्छन । आफू फुटबलमा केही पाउनभन्दा पनि दिनका लागि आएको केसी बताउँछन् ।

केसीलाई उपाध्यक्ष बनेसँगै आफूमाथि फुटबलका अपेक्षा बढ्ने थाहा छ । तर, उनी त्यसका लागि तयार छन् ।

‘आफ्नो बलबुतामा गर्न सक्ने हिजो पनि गरेको थिएँ, आज पनि गर्छु, भोलि पनि नगर्ने कुरै भएन,’ उनी भन्छन्, ‘मैले फुटबलबाट व्यक्तिगत आस केही पनि गरेको छैन । बरू फुटबललाई केही दिनुपर्छ जस्तो लाग्छ ।’

उपाध्यक्ष भएर गर्नुपर्ने महत्त्वपूर्णमध्ये केही कामको सूची केसीको दिमागमा छ । ‘नेपालको फुटबल केन्द्रीकृत छ । यसलाई विकेन्द्रित गर्नुपर्छ । गाउँबस्तीबाट फुटबल खेलिनुपर्छ,’ केसी भन्छन्, ‘काठमाडौं र एक दुई वटा सहरमा फुटबल सीमित छ । तर, ती सहरहरूमा प्रशस्त खेल्ने मैदान छैनन् । जहाँ मैदान छ, त्यो ठाउँमा फुटबल पुगेको छैन । फुटबललाई त्यहाँ पुर्याउनुपर्छ ।’

‘मैले भोलि जितेर आएँ भनें... फुटबल एउटा टोल, एउटा वडा एउटा नगरमा सीमित गर्ने होइन, देशभर लानुपर्छ भन्ने कुरामा विशेष जोड दिन्छु,’ केसीले भने ।

‘क्वान्टिटीमा क्वालिटी खोजिनुपर्ने केसी तर्क दिन्छन् । र, त्यसका लागि देशका कुना–कुनामा पुगेर फुटबलका सम्भावनाहरूको खोजी हुनुपर्ने उनको बुझाइ छ ।

‘मैले भोलि जितेर आएँ भनें... फुटबल एउटा टोल, एउटा वडा एउटा नगरमा सीमित गर्ने होइन, देशभर लानुपर्छ भन्ने कुरामा विशेष जोड दिन्छु,’ केसीले भने ।

आसन्न चुनावमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरीष्ठ उपाध्यष पंकजविक्रम नेम्बाङ दुई प्यानल चुनावी मैदानमा छन् । केसीले भने शेर्पा प्यानल रोजेका छन् । जसको कारण उनी यसरी सुनाउँछन्, ‘हिजो पनि कर्माछिरिङ शेर्पा र हामी एउटै प्यानल भएर आएका हौं । त्यस बेला फुटबलमा पारदर्शिता थिएन । हामीले त्यसबारे आवाज उठायौं, त्यही एजेन्डा बोकेर आएका हौं ।’

अघिल्लो निर्वाचनअघि घोषणा गरेअनुसार केही कामहरू भएको उनी बताउँछन् । ‘सबै काम भएनन्, त्यसमा मेरो सन्तुष्टि छैन । तर धेरै कामहरू भएका छन्,’ उनी भन्छन्, ‘फिफाबाट, एएफसीबाट कति बजेट आउँछ भन्ने कुरा सबैले थाहा पाइरहेका छन् । हामीले जसलाई त्यो बजेट छुट्याएर दिनुपर्ने हो, उनीहरूलाई दिइरहेका छौं ।’

तर, विगतमा आफू जिल्ला फुटबल संघको अध्यक्ष हुँदा आफूलाई नै थाहा नहुने अवस्था रहेको उनी बताउँछन् ।

‘आज सबैलाई त्यति मात्रै होइन, धेरै कुरा थाहा छ । यो भनेको पारदर्शिता हो,’ शेर्पा प्यानल रोज्नुको कारण खुलाउँदै उनी भन्छन्, ‘कोभिड महामारीका कारणले संसार ठप्प हुँदा पनि कर्माजी लागेर फुटबल गराउनुभयो । घरबाट निस्किन नसक्ने अवस्थामा पनि फुटबल चल्यो । विभिन्न कारणले भने जति काम गर्न सक्नुभएन । तर काम गर्छु भन्ने इच्छाशक्ति देखाउनुभयो ।’

जारी कार्यकालका कतिपय पदाधिकारीहरू चुनाव जितेर आएको अर्को दिनदेखि नै विरोधमा उत्रिएको र उनीहरूले विरोधमा मात्रै फुटबलको विकास देखेको केसीको आरोप छ ।

‘उहाँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्थो, स्वाभाविक रूपमा उहाँ अध्यक्षको आकांक्षी हुनुहुन्थ्यो,’ पंकजविक्रम नेम्वाङप्रति लक्षित गर्दै केसीले भने, ‘यो कार्यकालभरी उहाँले अध्यक्षलाई सहयोग गरेर आउनुभएको भए हामी कर्माजीलाई तपाईं आराम गर्नुहोस् उहाँलाई दिनुहोस् भन्न सक्थ्यौं नि !’

चुनाव भएकाले जो कोही उम्मेदवारले पनि आफूले जित्छु भन्ने दाबी गर्ने केसी बताउँछन् ।

‘चुनाव हो, आफूले आफूलाई जित्छु भन्छ । तर, चुनाव भनेको टेक्निकल कुरा पनि हो । हामीले काम गरेको र व्यवस्थापनको हिसाबले कर्माछिरिङ शेर्पाले चुनाव जित्नु हुन्छ । र, सँगै हामीले पनि जित्छौं,’ उनले भने ।