ग्रास कोर्ट च्याम्पियनसिप

रिबाकिना र जिदानसेक रोस्मालेन ग्रास कोर्टबाट बाहिरिए

एम्स्टर्डम । विश्व वरीयताको १२औं स्थानकी एलेना रिबाकिना र वरीयताको २२औं स्थानकी टमारा जिदानसेक बिहीबार नेदरल्यान्ड्समा भएको रोस्मालेन ग्रास कोर्ट च्याम्पियनसिपबाट बाहिरिएका छन् ।

रिबाकिना वरीयताको ४२औं स्थानकी अमेरिकन खेलाडी सेल्बी रोगर्ससँग ६–२ ६–४ को सेटमा पराजित भइन् । रिबाकिनालाई हराएसँगै रोगर्सले क्वार्टरफाइनलमा वरीयताको १३औं स्थानकी क्रिस्टेन फ्ल्पिकेन्ससँग खेल्नेछिन् ।

बिहीबारै भएको अर्काे खेलमा जिदानसेक अमेरिकन टेनिस खेलाडी क्याटी म्याकनल्लीसँग ६–१ ६–१ को सेटमा पराजित भइन् । सोही खेलबाट रुसी टेनिस स्टार एन्ना ब्रिनकोभाले टेनिस जीवनबाट सन्यास लिइन् ।

यस्तै, वरीयताको दोस्रो स्थानकी बेलारुसी खेलाडी आर्यना सबलिन्काले डच खेलाडी एरियन हार्टाेनोलाई ६–२ ६–३ लाई हराइन् ।