एनएसजेफ फुटसल फेस्टिबल

ओलम्पिक दिवसको अवसरमा एनएसजेएफको फुटसल फेस्टिबल

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ फुटसल फेस्टिबल आयोजना गरेको छ ।

ओलम्पिक दिवसको अवसरमा एनएसजेएफले टिम संयुक्त राज्य अमेरिका (युएसए, आर्दश), टिम क्यानडा (सन्तोष), टिम मलेसिया (पुरु) र टिम अस्ट्रेलिया (हेमन्त) गरी खेलकुद पत्रकारहरुको चार टिम बनाई फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको उपाधि टिम क्यानाडाले जित्यो । क्यानडाले फाइलनमा टिम अमेरिकालाई पेनाल्टी सुट आउटमा २–१ ले पराजित गर्दै उपाधि जितेको हो । त्यसअघि निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका क्यानडाका अभिनव जोशी पुरुषतर्फको उत्कृष्ट खेलाडी घोषित भए । महिलातर्फ यो पुरस्कारका लागि युएसएकी गिता राईले चुनिइन् ।

यस्तै, टिम युएसएकै सञ्जय थापा उत्कृष्ट गोलकिपर घोषित हुँदा टिम मलेसियाका आशिष पुडासैनी ‘इमर्जीङ प्लेयर’ चुनिए ।

सबैले नेपाली राष्ट्रिय फुटबल टिमको जर्सी पाएका थिए ।

लिग कम नकआउट पद्दतिमा भएको खेलमा एक टिममा एक महिला खेलाडी अनिवार्य थियो ।