अस्ट्रेलियन ओपन

केक्मेनोभिच चौथो चरणमा

मेलबर्न । मिओमिर केक्मेनोभिच अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

वर्षको पहिलो ग्रान्डस्लाम- अस्ट्रेलियन ओपनअन्तर्गत शुक्रबार इटालीका लोरेन्जो सोनेगोलाई ६–४ ६–७ (८–१०) ६–२ ७–५ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै २२ वर्षिय सर्वियनले ओपनको चौथो चरणमा स्थान पक्का गरे ।

विश्व वरियताको ७७औं स्थानका केक्मेनोभिच पछिल्लो वर्ष ओपनको दोस्रो चरणबाट बाहिरिएका थिए । केक्मेनोभिचले सन् २०१९ देखि ग्रान्डस्लाममा डेब्यु गरेका थिए ।

केक्मेनोभिचले चौथो चरणमा फ्रान्सका गिएल मोन्फिल्ससँग प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबारै भएको खेलमा मोन्फिल्सले चिलीका क्रिस्टियन ग्यारिनलाई ७–६ (७–४) ६–१ ६–३ को सेटमा पराजित गरे ।

वरियताकाे २०औं स्थानका मोन्फिल्स पछिल्लो सिजन ओपनको पहिलो चरणबाटै बाहिरिएका थिए ।