बार्सिलोना

क्लब निर्देशकको निर्देशनप्रति डेम्बेलेको आक्रोश

मड्रिड । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका निर्देशक म्याथ्यु एल्मेनीले तत्काल क्लब छोड्न निर्देशन दिएपछि ओसामाने डेम्बेले आक्रोशित बनेका छन् ।

जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डबाट सन् २०१७ मा क्याम्प नोउ भित्रिएका डेम्बेलेले स्वभाविक लय भेट्टाउन सकेका छैनन् ।

बार्सिलोना र डेम्बेलेबीचको सम्झौता यसै सिजनको अन्त्य सम्म मात्र रहेको छ । एल्मेनीले क्लबले राखेको सम्झौता नविकरण प्रस्ताव डेम्बेलेका एजेन्ट पटक पटक अस्विकार गरेका कारण उनले तत्काल क्लब छोड्नु पर्ने बताएका थिए ।

‘डेम्बेले क्लबमा बस्न चाहन्छन् जस्तो देखिएन । एउटा खेलाडीमा भर पर्दा क्लबको भावी योजना समेत अलपत्र पर्न सक्छ’, उनले भने, ‘त्यसैले डेम्बेलेले तत्काल क्लब छोड्नुको विकल्प छैन । हामी जनवरी ३१ अघि नै डेम्बेलेले एउटा निर्णयमा पुगेको हेर्न चाहन्छौ । ’

डेम्बेलेलाई अनुबन्धन गर्न इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुल र न्युक्यासल युनाइटेडका साथै पेरिस सेन्ट जर्मन (पिएसजी) ले पनि इच्छा देखाउँदै आएका छन् ।

क्लब निर्देशकको भनाईप्रति आक्रोशित बनेका डेम्बेलेले सामाजिक संजाल इन्स्ट्र्राग्रामा लेखका छन् ,ु मलाई क्लबले ब्याकमेल गर्यो तर म हार मान्ने पक्षमा छैन । क्लबसँग मेरो सम्झौता कायम नै छ र म क्लबप्रति समर्पित छु । म कसैको पनि डर र धम्कीले विचलित हुन्न ।'