अस्ट्रेलियन ओपन

ओसाका दोस्रो चरणमा

मेलबर्न । क्यामिला ओसोरियोलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता नाओमी ओसाका वर्षमा पहिलो ग्रान्डस्लाम– अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

विश्व वरियताको १३औं स्थानकी ओसाकाले कोलम्बियाकी ओसोरियोलाई ६–३ ६–३ को सोझो सेटमा पराजित गरिन् ।

जितसँगै चार पटककी ग्रान्डस्लाम च्याम्पियन ओसाकाले दोस्रो चरणमा ५४औं स्थानकी म्याडिसन ब्रेङ्लेसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । ओसाकाले दुई पटक अस्ट्रेलियन ओपनको उपाधि उचालेकी छिन् । सन् २०१६ को अस्ट्रेलियन ओपनबाट ग्रान्डस्लाममा डेब्यु गरेकी ओसाकाले दुई पटक युएस ओपन जितेकी छिन् ।

ब्रेङ्लेले पहिलो चरणमा युक्रेनकी डायना यसट्रेम्सकालाई ६–१ ०–६ ५–० को सेटमा पराजित गरिन् ।

दोस्रो सेट ०–६ ले गुमाए पनि तेस्रो सेट आफ्नो पक्षमा पार्दै दोस्रो चरणमा स्थान सुरक्षित गरिन् ।