प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिता

अभिलाषा र सुनिरा फाइनलमा

राइजिङ स्टार खुला टेनिसको महिला सिंगल्समा आइशाविरुद्ध प्रतिस्पर्धा गर्दै अभिलाषा

काठमाडौं । अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनल प्रवेश गरेका छन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्धारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा बिहीबार अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६-४ र ६-० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६-४, ३-६ र ६-२ को सेटमा पराजित गरे ।

यसैगरी पुरुष सिंगल्समा प्रदीप खड्का र अभिषेक बाँस्तोला उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा प्रदीपले आर्यन गिरीलाई ६-० र ६-२ तथा अभिषेकले प्रणव खनाललाई ६-१ र ६-० को सोझो सेटमा हराए ।

नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र महेश श्रेष्ठको जोडी च्याम्पियन बने  । उक्त जोडीले फाइनलमा अनिल साइ र गोपी भण्डारीको चुनौती ६-२, ४-६ र १०-८ ले हराएका हुन् ।

५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीलाई ६-३ र ६-० ले पराजित गर्दै च्याम्पियन बने ।

४५ वर्षमाथि मोहम्द युनुस र अन्वर अलीको जोडी च्याम्प्यिन बने । उनीहरुले फाइनलमा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६-४ र ६-० ले स्तब्ध बनाएका हुन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले बिमल वाइबालाई ७-५ र ६-४ को सोझो सेटमा हराउँदै लगाउदै फाइनलमा स्थान पक्का गरे । 

फइनलमा तुलेश्वरको भेट राजु श्रेष्ठसंग हुनेछ । राजुले उत्तमकुमार लामाबाट वाक ओभर पाए ।

४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६-० र ६-२ तथा मोहम्द युनुसले मानबहादुर कट्वाललाई ६-० र ७-५ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।

जुनियरमा अर्याश सरा अशभस  र  साल्भी च्याम्पियन

प्रतियोगिता अन्तर्गत यू-९ ब्वाइज सिंगल्समा अर्याशराज पौडेल तथा गर्ल्समा सरा पन्तलेच्याम्पियन बनेका छन् । 

बिहीबारको फाइनलमा अर्याशले निश्चल ज्ञवालीलाई ५-३ र ४-२ तथा सराले थैय श्रेष्ठलाई ४-१ र ४-१ को सोझो सेटमा पराजित गरे ।

यू-१२  ब्वाइज सिंगल्समा अशभसम्राट हाडा तथा गर्ल्समा साल्भी शेरचन च्याम्पियन बने । फाइनलमा अशभले हभिस वंशललई ६-३ र ६-१ तथा साल्भीले आयुशा जिसीलाई ६-२, ०-६ र ६-२ को सेटमा हराए ।

यू-१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारीले श्रृजन भट्टराईलाई ६-१ र ६-० तथा वृजेश अर्यालले दर्शिल श्रेष्ठलाई ४-६, ६-४ र ६-२ ले हराउँलै फाइनल भिडन्त पक्का गरे । 

सो स्पर्धाको गर्ल्समामा सिभाली गुरुङले प्राज्ना मानन्धरलाई ६-१ र ६-० तथा स्वस्तिका विष्टले समृद्धि महर्जनलाई ६-० र ६-२ को सोझो सेटमा हराउँदै फाइनलमा पुगे ।

यू-१६ ब्वाइज सिंगल्समा राजवीर प्रधानले वृजेश अर्याललाई ६-१ र ६-१ तथा शंकर हैस्नान्ले आयुशमान हजुर घलेलाई ६-१ र ६-१ को सोझो सेटमा पराजित गर्दै  उपाधि भिडन्त निश्चित गरे ।

उक्त स्पर्धाको गर्ल्समा सिभाली गुरुङले प्राज्ना मानन्धरलाई ६-२ र ६-० तथा सुनिरा थापाले स्वस्तिका विष्टलाई ६-४ र ६-० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे ।