अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता

ऋतिक र आइएसए च्याम्पियन

ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबलका एमभिपी घोषित सुमित खत्री र सन्ध्या डंगोल ट्रफीसाथ

काठमाडौं । टिम ऋतिक र आईएसए नेपालले ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

ऋतिक ब्वाइज तथा आईएसए गर्ल्समा च्याम्पियन बनेका हुन् ।

ट्रिटन इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको बिहीबार ब्वाइज फाइनलमा ऋतिकले एसकेसीलाई १८-१७ को साँघुरो अन्तरले पराजित गरेको हो ।
कोटेश्वरस्थित आयोजकको कोर्टमा भएको गर्ल्सको उपाधि भिडन्तमा आइएसएले बार्बो, भक्तपुरलाई १२-७ ले हरायो ।

ब्वाइजमा ऋतिकका सुमित खत्री तथा गर्ल्समामा आइएसएका सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित  भए । विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित छात्रवृत्ति प्रदान गरिएको प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् ।

प्रतियोगितामा ब्वाइजतर्फ ३२ गर्ल्सतर्फ आठ टोलीको सहभागिता थियो ।