फ्रेन्च ओपन

जोकोभिचले नाडाललाई पछि पारे

काठमाडौं । सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ च्याम्पियन बनेका छन् ।

सम्रगमा जोकोभिचको यो २३औं ग्रान्डस्लाम उपाधि हो । यससँगै जोकोभिच सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । उनले स्पेनिस स्टार राफेल नाडाल (२२) लाई पछि पारेका हुन् । 

विश्व नम्बर तीन जोकोभिचले आइतबार सम्पन्न फाइनलमा चौथो वरीयताका नर्वेजिय खेलाडी कास्पर रुडलाई ३-० को सोझो सेटमा पराजित गरे ।

जोकोभिचले खेल ७-६ (७-१), ६-३,७-५ ले आफ्नो पक्षमा परेका हुन् ।

जोकोभिच तेस्रो पटक फ्रेन्च ओपन च्याम्पियन बनेका हुन् । यसअघि उनले सन् २०१६ र २०२१ मा उपाधि जितेका थिए । 

सम्रगमा जोकोभिचको यो २३औं ग्रान्डस्लाम उपाधि हो । यससँगै जोकोभिच सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । उनले स्पेनिस स्टार राफेल नाडाल (२२) लाई पछि पारेका हुन् । 

सेमिफाइनलमा  जोकोभिचले विश्व नम्बर एक स्पेनिस स्टार कार्लोस अल्कारेजलाई  ६-५, ५-७, ६-१, ६-१ तथा रुडले जर्मनीका एलेक्जेन्डर ज्वेरेभलाई  ६-३, ६-४ र ६-० ले पराजित गरेका थिए ।