फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप

माल्दिभ्स जाने बास्केटबल टोलीको बिदाइ

काठमाडौं । फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन माल्दिभ्स जाने नेपाली बास्केटबल टोलीलाई  बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे ।

टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापकमा सुशील गुरुङ छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्ने छन् । 

टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ । 

जुन १४ देखि जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले एक अर्कासँय एक/ एक खेल खेल्ने छन् ।

लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली
सदिश प्रधान (कप्तान) , विनोद महर्जन(उप कप्तानं), विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनिष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् ।