फ्रेन्च ओपन

गौफ क्वार्टरफाइनलमा

काठमाडौं। अमेरिकी स्टार कोको गौफ फ्रेन्च ओपनको महिला एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेकी छन् ।

छैटौं वरीयताकी गौफले चौथो चरणमा स्लोभाकियाकी एना कारोलिना स्मिडेलोभालाई २-० को सोझो सेटमा पराजित गरिन् ।

गौफले खेल ७-५ र ६-२ ले आफ्नो पक्षमा पारिन् ।

गौफले रुसकी मिरा एन्ड्रिवालाई ६-७ (५-७), ६-१ र ६-१ तथा स्मिडेलोभाले अमेरिकाकी कायला डेलाई ६-१ र ६-३ ले पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेका थिए ।